नुवाकोटमा कोरोना संक्रमितको संख्या ७५० पुग्यो, कुन पालिकामा कति ? (सूचीसहित)



नुवाकोट मंसिर ५ ।

नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ सय ५० पुगेको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालका अनुसार शुक्रवारसम्म विदुर नगरपालिकाका ४ सय ३३ जना, बेलकोटगढी नगरपालिकामा ६५ जना, तारकेश्वर गाउँपालिकाका ३१ जना, लिखु गाउँपालिकामा १६ जना पञ्चकन्या गाउँपालिकामा १६ जनामा संक्रमण पुष्टी भएको छ ।

त्यस्तै ककनी गाउँपालिकामा २५, सुर्यगढी गाउँपालिकामा ५३, शिवपुरी गाउँपालिकामा २९, दुप्चेश्वर गाउँपाकिामा २६, तादी गाउँपाकिामा २८, किस्पाङ गाउँपाकिामा २८, म्यांगंग गाउँपालिकामा ६ जना , तारकेश्वर गाउँपाकिामा ३१ जना गरी हालसम्म जम्मा ७ सय ५० जनामा संक्रमण पुष्टी भएको छ ।

संक्रमित मध्ये ४ सय ८१ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्