नुवाकोट दुप्चेश्वरका उज्वल एक सातादेखि बेपत्ता



नुवाकोट,मंसिर ५ । नुवाकोट दुप्चेश्वरका उज्वल नेपाली एक सातादेखि बेपत्ता भएका छन् ।

दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ का उज्वल नेपाली(सुरेन) गत कात्तिक २८ गतेदेखि हराइरहेको उज्वलका बुबा प्रदिप नेपालीले बताए।

दाहिने कानमा ठूलो प्वाल,दाहिने हातमा ट्याटु खोपेको,आकासे रङको टाउजर जुत्ता र कालो ज्याकेट लगाएको २२ वर्षीय उज्वललाई चिन्नुहुने जो कोहीले उनको परिवारलाई ९८६०८२०५८९ मा सम्पर्क गर्न सकिने दुप्चेस्वर गाउपालिका वाड न ६ वडा सद्स्य राजकुमार श्रेष्ठले बताए ।

त्यस्तै नुवाकोट सातबिसे घर बताउने चार बालक काठमाडौमा फेला परेका छन् । उनीहरु मायाघर संचालिका दुर्गा पौडेलको संरक्षणमा रहेको बताइएको छ। ती बालकको अभिभावकले ९८४१७१२६६३ मा सम्पर्क गर्न सकिने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्