एक सचिवका लागि तीन जना सिफारिस



काठमाडौं, मंसिर ६ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिवका लागि सहसचिवहरू गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सरकारसमक्ष सिफारिस गरेको हो ।

आगामी मन्त्रिपरिषद् बैठकले सिफारिस भएका तीन सहसचिवमध्ये एक जनालाई सचिवमा बढुवा गर्ने बताइएको छ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्