रुखमा झुन्डिएको अवस्थामा वडाध्यक्ष भेटिए



कञ्चनपुर, मंसिर ६ । जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मृत अवस्थामा  भेटिएका छन् । प्रहरीका अनुसार ५५ वर्षीय कृष्ण बहादुर रोकाया वडा क्षेत्रकै किसान मध्यवर्ती वन भित्र रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन ।

शुक्रबार बिहान घर भन्दा करीब एक किलोमिटर टाढाको जंगलमा झुन्डिएको अवस्थामा फेला परेको बताइएको छ।

घटनाको बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताए ।

तस्वीर:सांकेतिक

प्रतिक्रिया दिनुहोस्