हेटौंडाको शिवम सिमेन्ट उद्योगमा आगलागी



हेटौंडा,मंसिर ६ । हेटौंडाको शिवम सिमेन्ट उद्योगमा आगलागी भएको छ । शनिबार बिहान हेटौंडा-१६ हटिया स्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको हो ।

उद्योगमा विजुली सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय, प्रहरी, उद्योग कर्मचारी र हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइसकेको जनाएको छ ।

आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्