विप्लव समूहका २ कार्यकर्ता पक्राउ



ललितपुर,मंसिर ६ । शुक्रबार राति बागडोलबाट विप्लव समूहका २ कार्यकर्ता पक्राउ परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका कार्यकर्तालाई प्रहरी प्रधान कार्यालयले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखा जिल्ला बिगु गाउँपालिका–३ घर भई हाल ललितपुर–४ बागडोल बस्ने ३९ वर्षीय संजिव नेपाली र दोलखा जिल्ला बैतेश्वर नगरपालिका–३ घर भई हाल बागडोल बस्ने ४१ वर्षीय प्रेम बहादुर दलान पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पक्राउ परेका दर्नाल विप्लव समूहको केन्द्रीय आर्थिक विभागको सदस्य र नेपाली सेक्रेटरी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्