काठमाडौं महानगरपालिकाले निःशुल्क पीसीआर परीक्षण पुनः शुरु गर्ने



काठमाडौं मंसिर ६ ।

काठमाडौँ महानगरपालिकाले निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुरु गर्ने भएको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि आइतबारदेखि स्वाब संकलन गर्ने कार्यलाई फेरि शुरु गर्न लागिएको महानगरपालिकाका प्रमुख मेयर विद्यासुन्दर शाक्यले बताए ।

शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा उपस्थित भएका मेयर शाक्यले आइतवारदेखि पुनः स्वाब संकलनको कार्य शुरु गर्न लागिएको बताए।

यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको पनि उनले बताए। काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै

कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरे। यस्तै उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्