ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु



सिन्धुली मंसिर ६ ।

सिन्धुलीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुधौली नगरपालिका ५ को छपाहाका ट्र्याक्टर चालक २१ वर्षीय बियस दनुवारको मृत्यु भएको हो । शनिबार बिहान ९ बजेतिर दुधौली नगरपालिका ५ नयाँ टोलबाट छपाहातर्फ मल लिन जाँदै गरेको ना। ५ त १९५१ नम्बरको खाली ट्र्याक्टर अनियन्त्रित भइ सडकमा पल्टिँदा दनुवारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दनुवारको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी थप उपचारका लागि जिल्ला अस्पतालमा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्