१६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टी , २३ सय २३ जना डिस्चार्ज



काठमाडौं मंसिर ६ ।

पछिल्लो २४ घण्टामा देशभर १६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख १८ हजार ६ सय ३९ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितहरूको संख्या २४ हजार ९ जना रहेको छ। 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको हुनेको संख्या २३ सय २३ रहेको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमण भएर पनि निको हुनेको संख्या १ लाख ९३ हजार ३ सय २५ जना पुगेको मन्त्रालयको दाबी छ।

मन्त्रालयले आज ८ हजार १ सय ४३ जनाको पीसीआर परिक्षण गरेको जनाएको छ । यससँगै हालसम्म गरिएका नमूना पीसीआर परीक्षणको संख्या १६ लाख ५२ हजार ४३ रहेको छ।

प्रतिक्रिया दिनुहोस्