सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी गर्नेलाई कार्वाही गर्न वरिष्ठ नेता नेपालको माग



काठमाडौं,मंसिर ६ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले चितवनको राप्ती नगरपालिकामा पूर्वमन्त्री तथा पार्टी स्थायी कमिटी सुरेन्द्र पाण्डेविरूद्ध नाराबाजी गर्नेहरूलाई कारबाहीको माग गरेका छन् ।

नेता नेपालले एक विज्ञप्ती जारी गर्दै चितवनको राप्ती नगर कमिटीको बैठक चलिरहँदा शनिबार पाण्डेविरूद्ध नेकपाकै कार्यकर्ताले नाराबाजी गरेको भन्दै नाराबाजीको भर्त्सना गरेका छन् ।

उनले विज्ञप्तीमा भनेका छन्,“गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहेका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे शनिबार राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु ।

प्रतिक्रिया दिनुहोस्