दाङका ४ सय जना अझै नागरिकता विहिन



दाङ,मंसिर ६ । दाङको गढवा गाउँपालिका ८ कोइलाबास नेपालको भारतसंग जोडिएको सिमानामा पर्दछ । सो स्थानमा करिब १३ सय नागरिकहरु बसोबास गर्दै आएका छन् । ति मध्ये ९ सय जनाले नेपाली नागरिकता पाएका छन भने करिब ४ सय जनाले अहिले सम्म पनि नागरिकता पाउन सकेका छैनन् ।

दाङको गढवा गाउँपालिका ८ कोइलाबासका स्थानीयका बाबुबाजे नै कोइलाबासमा जन्मिए, हुर्किए । तर उनीहरुले अहिले सम्म नागरिकता पाएका छैन्न । नागरिकताकोलागि पहल नभएको भने होईन ।

कानुनी प्रावधानको कारण अहिले सम्म नागरिकता नपाउँदा राज्यबाट पाउँने सेवा सुविधाबाट स्थानीय बञ्चीत छन् ।

उनीहरु नत नेपाली हुन नत भारतिय नै हुन् । कुनै पनि देशको नागरिकता नै नहुँदा उनिहरु दुखित छन् । नागरिकता नहुँदा राज्यबाट पाउँने सेवा सुविधा लगाएत पानी, विद्युत सेवा समेत लिन नपाएको उनिहरुको गुनासो छ । यति मात्र होईन नागरिकता नहुँदा बैदेशिक रोजगारीमा जान समेत नपाएको उनिहरुले बताएका छन् ।

उता स्थानीय जनप्रतिनिधिको भने नागरिकता नपाएकालाई नागरिकता दिलाउने प्रयास भइरहेको भनाई छ । कोइलाबासका नागरिकहरुको समस्या समाधान गर्न केन्द्र सरकारले नै संविधान संशोधन गरेर सहज बनाउनु पर्ने पनि जनप्रतिनिधि बताउँछन ।

२०६३ सालमा नागरिकताका लागि गाउँमा पुगेको टोलीले कोइलाबासका नागरिकलाई नागरिकता बनाउन भनेर बितरण गरेको टिकट उनीहरुकै हातमा छ । तर वडा कार्यालयबाट कागजपत्र तयार पारेर गए पनि जिल्ला प्रशासन कार्यालयले भनेब कानुनले नमिल्ने भन्दै फर्काउदाँ उनीहरुले नागरिकता पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्