राष्ट्रिय कविता महोत्सव मंसिर २९ मा हुने



काठमाडौं,मंसिर ६ । नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव २९ मङ्सिरमा आयोजना गर्ने भएको छ। प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक ९ असारमा हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगन गरिएको थियो। प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलका अनुसार भौतिक दूरी कायम गरी महोत्सव आयोजनाका लागि नयाँ मिति तय गरिएको हो।

प्रतिष्ठानले २०२२ सालदेखि महोत्सव आयोजना गर्दै आएको छ। यसअघि २०७२ सालमा गएको भूकम्पका कारण कविता महोत्सव स्थगित भएको थियो।

प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ। सदस्यसचिव प्रा। जगतप्रसाद उपाध्यायका अनुसार प्रथमलाई रु।५० हजार, द्धितीयलाई रु ४० हजार र तृतीय तीन जनालाई जनही ३० हजार रुपैयाँ नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ।

प्रतिक्रिया दिनुहोस्