नुवाकोटमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि



नुवाकोट,मंसिर ६ । पछिल्लो २४ घण्टामा नुवाकोटमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लास्थित १ सय ३६ जनाको पिसिआर परिक्षणका क्रममा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा देखिएका ३२ जना कोरोना संक्रमितमध्ये २७ जना विदुर नगरपालिकाकै मात्र रहेका छन् । यस्तै ताकेश्वर गाउँपालिकाका २ जना, बेलकोटगढी नगरपालिका, सरर्यगढी गाउँपालिका र किस्पाङ गाउँपालिकामा समान एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको खनालले जनाकारी दिए ।

यससँगै नुवाकोटमा कोरोना भाइरसका संक्रमितको संख्या ७ सय ८२ पुगेको छ । संक्रमितमध्ये ५ सय ४६ पुरुष र २ सय ३६ जना महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा नुवाकोटका १७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै नुवाकोटका ४ सय ९८ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

हालसम्म नुवाकोटमा एक महिलाको कोरोनाको कारण ज्यान गएको छ । नुवाकोटमा अहिलेसम्म ७ हजार ३ सय ३८ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्