वरिष्ठ सर्जन मुडभरीको कोरोना संक्रमणबाट निधन



काठमाडौं,मंसिर ६ । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट निधन भएको छ ।

उनको शनिबार अपराहृन ओम अस्पतालमा निधन भएको शर्माको पारिवारिक श्रोतले जनाएको छ। ७७ वर्षीय शर्मा १५ दिनयता संक्रमित रहेका थिए । अस्पतालका अनुसार उनलाई कडा निमोनिया भएको थियो र आईसीयूमा राखेर उपचार गरिएको थियो ।

उनले तत्कालीन राजा वीरेन्द्र शाहको पालामा शाही चिकित्सकको रुपमा समेत भुमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्