यस्तो छ आजको मौसम



काठमाडौ,मंसिर ७ । हाल देशमा पश्चिमी वायूको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्का र फाटफुट वर्षा भैरहेको महाशाखाले जनाएको छ ।

देशका अन्य भू–भागको मौसम भने सामान्यता सफा रहेको छ । आइतबार राती प्रदेश नंं. १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्