सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा १ को ज्यान गयो



सिन्धुली,मंसिर ७ । जिल्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुधौली नगरपालिका वडा नं. ५ सिर्थौलीको भित्री कच्चि सडकमा शनिवार ट्रयाक्टर दुर्घटना हुदाँ ट्याक्टर चालक दुधौली नगरपालिका ५ छपाहा बस्ने २१ वर्षीय को बियस कुमार दनुवारको ज्यान गएको हो ।

घटनामा घाइते दनुवारकाे टाउको,छाति र कानमा गम्भीर चोट लागेपछि उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना.५. त १९५१ नम्बरको उक्त ट्याक्टर सिर्थौली नयाँटोलबाट छपाहा तर्फ गोबर मल लिन जादै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्