युभेन्टसको जितमा रोनाल्डोको दुई गोल



एजेन्सी,मंसिर ७ । गएराति सम्पन्न इटालियन सिरी ए मा क्रिस्टियानो रोनाल्डोको दुई गोलमा युभेन्टसले कागलीअरीलाई पराजित गरेको छ । उक्त खेलमा युभेन्टसले कागलीअरीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा रोनाल्डोले खेलको ३८ र ४२औ मिनेटमा गोल गरेका थिए । युभेन्टसका लागि अगस्तपछि इन्जुरीबाट ठिक भएर डी लाइट मैदानमा फर्किएका छन् ।

योजितपछि युभेन्टसको सिरी ए मा ८ खेलमा १६ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै कागलीअरीको भने ८ खेलमा १० अंक रहेको छ र लिगको ११औ स्थानमा रहेको छ । युभेन्टसले अब अर्को खेल च्याम्पियन्स लिग अन्तर्गत आगामी मंगलबार राति फेरेन्सभारोससँग खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्