मन्त्रिपरिषदको बैठक सुरु, महत्त्वपूर्ण निर्णय हुनसक्ने



काठमाडौं, मंसिर ७ । मन्त्रिपरिषद बैठक शुरु भएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा केही महत्वपूर्ण निर्णयहरु हुने बताइएको छ ।

बिशेषगरी सोमबार बस्ने गरेको बैठक यो हप्ता भने आइतबार नै बसेको छ । आजको बैठकबाट चाडपर्वपछिको राजनीतिक अवस्था, कोरोना भाइरसको जोखिमको समिक्षालगायत केही नीतिगत निर्णयहरु हुने बुझिएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बुझिएको छ । नेकपा विवाद उत्कर्षमा पुगिरहँदा आजको बैठकले के कस्ता निर्णय र कदम अगाडि बढ्ने हुन चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्