कोरोना संक्रमणबाट दुई बृद्धको मृत्यु



दाङ,मंसिर ७ । कोरोना संक्रमणबाट दाङमा थप दुई बृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीय र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ वर्षीय बृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। दुवै जनाको बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो।

तुलसीपुरका बृद्धलाई स्वास्थ्यमा समस्या आएपछि मंसिर ४ गते अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा स्वाब परीक्षण गर्दा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यस्तै घोराहीका बृद्धलाई कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी कात्तिक २७ गते अस्पताल भर्ना भएका थिए।

तुलसीपुरका बृद्धको आइतबार बिहान १ः४० बजे मृत्यु भएको र अर्का बृद्धको गएराति ११ः५० बजे मृत्यु भएकोअस्पतालले जनाएको छ। उनीहरु मधुमेह ,निमोनिया र उच्चरक्तचापबाट पीडित रहेका थिए।

प्रतिक्रिया दिनुहोस्