उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट



उदयपुर मंसिर ७ । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयको नागरिक सहायक कक्षमा बम विस्फोट भएको छ ।

आइतबार बिहान सवा एक बजे ठूलो आवाजसहित बम विस्फोटन भएको गाउँपालिका प्रमुख उद्धवसिंह थापाले बताए । अर्को बम कार्यालयको गेटमा राखिएको छ । बम विस्फोटनबाट प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्ष पूणरुपमा क्षति पुगेको गाउँपालिका प्रमुख थापाले बताए ।

बम विस्फोटन हुँदा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको कार्यकक्षको झ्यालढोका, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफालगायतका सामानमा पूणरुपमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरी उपरीक्षक भिमबहादुर दाहालले बताए ।

बम विस्फोटको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्