सप्तरीमा मृत हात्ती फेला



सप्तरी, मंसिर ७ । सप्तरीमा मृत हात्ती फेला परेको छ। जिल्लाको कञ्चनरूप नगरपालिका–५ परेमारामा आइतबार एक जङ्गली हात्ती मृत फेला परेको हो । परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती करेन्ट लागेर मृत भेटिएको स्थानीयले बताएका छन् ।

पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्षसमेत रहेका बच्चुलाल चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो ।

“नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलबाट आएर गाउँमा मृत अवस्थामा हात्ती भेटिएको हो”, उनले भने, “हात्तीको शरीरले बिजुलीको तार किचिएर पोलसमेत झुकेको छ ।” उनले हात्तीको अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै करेन्टकै कारण ज्यान गएको हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्