बलात्कारको घटना मिलापत्र गराउनेलाई तीन वर्ष कैद सजाय हुने



काठमाडौं, मंसिर ७ । देशमा कतिपय बलात्कारको घटना मिलापत्र गराइएको र पीडितमाथि अन्याय भएको विषय बाहिर आइरहेको बेला बलात्कारको घटनाको मिलापत्र गराउनेलाई समेत सजायको व्यवस्था हुने भएको छ । सरकारले त्यससम्बन्धी कानूनको संशोधन गर्न लागेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले बलात्कारको घटनामा मिलाउन खोज्नेलाई तीन वर्ष कैद सजाय हुने कानून संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

अध्यादेश आइतबार नै राष्ट्रपति कार्यालयमा पठाइएको छ । राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेपछि कानून बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्