पछिल्लो २४ घण्टामा १६ सय ६९ जनामा कोरोना संक्रमण



काठमाडौं, मंसिर ७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १६ सय ६९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख २० हजार ३ सय ८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा आइतबार ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ९९ हजार २४  जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्