काठमाडौं उपत्यकामा थप ९ सय ५७ संक्रमित थपिए



काठमाडौं, मंसिर ७ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थपिएका छ । देशभर १६ सय ६९ जनामा कोरोना पुष्टि भएकोमा उपत्यकामा मात्रै ९ सय ५७ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कुल ८ हजार ३२ जनाको पिसीआर परिक्षणका क्रममा १६ सय ६९ जनाको रिर्पोट पोजेटिभ आएको मन्त्रालयले उल्लेख गरेको छ ।

त्यसैगरी आइतबार बितेको २४ घन्टामा ५ हजार ६ सय ९९ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । हालसम्म निको भई घर फर्कनेको सख्या १  लाख ९९ हजार २४ रहेको छ ।

आइतबार थपिएका संक्रमित मध्ये काठमाडौका ७३३ जना, ललितपुका १३१ जना र भक्तपुरका ५३ जना रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्