बितेको २४ घण्टामा थप १६ जना संक्रमितको मृत्यु



काठमाडौं, मंसिर ७ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १३२१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १६ सय ६९ थपिएका छन् । आज ५ हजार ६ सय ९९ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख २० हजार ३ सय ८ संक्रमित भएपनि १ लाख ९९ हजार २४ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १९ हजार ९ सय ६३ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १६ लाख ६० हजार ७५ जनाको पिसीआर परिक्षण भएको छ भने १९ हजार ९ सय ६३ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या  ६ सय ८६ रहेको मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्