प्रधानमन्त्री ओलीले गरे चार वटै सुरक्षा प्रमुखसँग छलफल



काठमाडौं,मंसिर ७ । आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्रीको सुरक्षा निकायका प्रमुखसँगको नियमित छलफल मात्र भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सहभागी एक सुरक्षा प्रमुखले भने प्रधानमन्त्रीले सुरक्षाको स्थिति र चुनौतीका विषयमा चासो राखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्