शिवपुरीका अग्नि पीडित लोकबहादुर बुढाथोकीलाई राहत सामग्री प्रदान



नुवाकोट,मंसिर ७ । नुवाकोट जिल्ला शिवपुरी गाउँपालिकाका अग्नि पीडित लोकबहादुर बुढाथोकी (लक्ष्मण) लाई गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ।बुढाथोकीको शिवपुरी गाउँपालिका वडा नम्बर ४ मा रहेको घर शनिबार जलेर अन्नपात तथा सम्पुर्ण सामान नष्ट भएको थियो।

घर अागलागी भइ करिब १० लाख बराबरको क्षति भएकाे र शिवपुरी गाउँपालिकाको बिपद व्यवस्थापन मार्फत पीडितलाई आवश्यक लत्ताकपडा,अन्नपात लगायत आवासका लागि समेत रकम उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ।

अग्नि पीडित बुढाथोकीलाई गाउँपालिकाका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले राहत सामग्री प्रदान गरेको रामबहादुर थापाले जनाए ।

प्रतिक्रिया दिनुहोस्