रौतहटको दलित बस्तिमा ७ घरमा आगलागी



रौतहट मंसिर ७ ।

रौतहटको देवाही गोनाही नपा ७ दलित बस्तिमा ७ घरमा आगलागी भएको छ ।

बिधुतको तार सर्ट भएर स्थानीय जागरित राम,कृतराम रामप्रवेस राम सर्फलाल राम,प्रमोद महतो लागाय्त ७ जनाको घरमा आगलागी हुंदा १३ लाख बढिको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी बाट ५ जनाको घर पुर्णरुपमा क्षति भएको र दुईजनाको आंशिक क्षति भएको ईलाका प्रहरी कार्यालय गोनाहिका प्रमुख ईन्स्पेक्टर मेदनी साहले बताए । आगलागी लगत्तै गएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण भएको ईन्स्पेक्टर साहले जानकारी दिए ।

यसैबिछ आगलागी बाट घरबिहिन भएका परिवारलाई उपमेयर परनिया देवि पटेल र नेकपा नगर कमिटीले विभिन्न बन्दोबस्तीका सामानहरु तत्काल सहयोग गरेको छ । उपमेयर पटेलको अगुवाइमा पीडित परिवारलाई १२ बोरा चामल,६ थान बलैङ्केट,६ थान तृपाल,६ सेट भांडस,६ थान साडिसेट लुङी,गन्जी,गम्छा,झुल तन्ना बितरन गरिएको छ ।

उक्त अवसरमा मेयर प्रत्यासि धर्मेन्द्र पटेल ,प्रेमलाल साह वडा अध्यक्ष जगरनाथ साह अनिल झा लागाययको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्