भट्टराई दम्पती कोरोना मुक्त



काठमाडौं, मंसिर ८ । पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । उनीहरु दुबै एक महिनापछि कोरोना संक्रमणमुक्त भएका हुन् ।

आइतबार डा. भट्टराईले ट्वीट गरी आफूहरु संक्रमणमुक्त भएको जानकारी दिएका हुन् । उनले महाब्याधीलाई मानवजातीले संयुक्त रुपमा जित्नुपर्ने समेत बताएका छन् । उनले सबैलाई सुरक्षा विधि अपनाउन आग्रह गरे ।

बाबुराम भट्टराईले यस्तो लेखेका छन्ः-

एक महिनापछिCOVID-19संग हामी दुवैले युद्धविराम गरियो र -veरिपोर्ट प्राप्त गरियो।यो युद्धविराम हो,विजय हैन।यो महाब्याधीलाई एक्लाएक्लै जित्न सकिन्न,मानवजातिले संयुक्त रूपमा जित्नुपर्छ।अत: सबैले नियमित सुरक्षा विधि जारी राखौं!शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद!

प्रतिक्रिया दिनुहोस्