चन्द समूह काभ्रेका जिल्ला नेता पक्राउ



काभ्रेपलान्चोक,मंसिर ८ । नेत्रविक्रम चन्द समूह काभ्रेका जिल्ला नेता  बुद्धलाल लामांलाई काभ्रेपलाञ्चोक प्रहरीले आईतबार साँझ गिरफ्तार गरेको छ । रोशी गाउँपालिका–६ निवासी लामालाई प्रहरीले अपराह्न बनेपामा भएको सूचनाका आधारमा खोजतलासका क्रममा साँझ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलका अनुसार उक्त समूहका जिल्ला सदस्य २७ वर्षीय लामालाई हिरासतमा राखिएको तथा  सोमबार म्याद थप गरी थप अनुसन्धान गरिनेछ ।

यसअघि गत कात्तिक २६ गते चन्द नेतृत्वकै  अर्का जिल्ला सदस्य मधुसूदन बजगाईंलाई जिल्लास्थित व्यापारी–उद्योगीलाई फोनमार्फत धाकधम्की दिई जर्बजस्ती चन्दा असुल्ने गरेको सूचनाका आधारमा काभ्रेपलाञ्चोक प्रहरीले पक्रेको थियो ।

प्रतिक्रिया दिनुहोस्