नेकपाका अध्यक्ष दाहाल र नेपालका लागि चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता



काठमाडौं मंसिर ८ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेटमा उनिहरुबीच दुई देश र दुई देशका कम्युनिष्ट पार्टीको सम्बन्धबारे छलफल भएको छ ।

भेटका क्रममा राजदूत यान्छीले अध्यक्ष प्रचण्डलाई चीनका राष्ट्रपति सी जिनपिनले लेखेको पछिल्लो किताब उपहार स्वरुप दिनुभएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

उनिहरुबीच नेकपाभित्र देखिएको पछिल्लो विवादबारे भने खासै छलफल नभएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्