पछिल्लो २४ घण्टामा १९ सय ८० संक्रमित थपिए, १६ जनाले ज्यान गुमाए



काठमाडौं, मंसिर ८ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १९ सय ८० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख २२ हजार २ सय ८८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टा समयावधिमा ३ हजार ४३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख २ हजार ६७ सय  जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले उल्लेख छ ।

सोमबारको पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्