बितेको २४ घण्टामा थप १६ संक्रमितको मृत्यु, कुल मृतक १३३७ पुग्यो



काठमाडौं, मंसिर ८ । बितेको २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १३ सय ३७ पुगेको छ ।

नयाँ संक्रमितको संख्या भने पछिल्लो २४ घण्टामा १९ सय ८० थपिएका छन् । सोमबार ३ हजार ४३ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख २२ हजार २ सय ८८ संक्रमित भएपनि २ लाख २ हजार ६७ सय  जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १८ हजार ८ सय ८४ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १६ लाख ७० हजार ४ सय ५६ जनाको पिसीआर परिक्षण भएको छ भने १८ हजार ८ सय ८४ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ६ सय २९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्