उपत्यकामा थप १ हजार ७ जना संक्रमित थपिए



काठमाडौं, मंसिर ८ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १९ सय ८० जनामा कोरोना पुष्टि भएकोमा उपत्यकाका तीन जिल्लामा मात्रै १ हजार ७  जना थपिएका हुन ।

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा थपिएकामध्ये काठमाडौका ७७९ जना, भक्तपुरका ८५ जना र ललितपुरका १४३ जना रहेका छन् ।

त्यस्तै बितेको २४ घन्टामा ३ हजार ४३ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । हालसम्म निको भई घर फर्कनेको सख्या २ लाख २ हजार ६७  रहेको छ ।

प्रतिक्रिया दिनुहोस्