काठमाडौं उपत्यकाभित्र हुने सडक दुर्घटनामा कमी



काठमाडौं मंसिर ९ ।

काठमाडौं उपत्यकाभित्र हुने सडक दुर्घटनामा कमी आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङले देखाएको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा सवारी दुर्घटनामा परि मृत्यु हुनेको सङख्यामा ३७ दशमलव ७९ प्रतिशतले कमी आएको प्रहरीले जानकारी दिएको छ । महाशाखाको तथ्याङक अनुसार आर्थिक वर्ष २०७५÷७६ मा सवारी दुर्घटनामा परि २५४ जनाको मृत्यु भएको थियो ।

तर आर्थिक वर्ष २०७६÷७७ मा यो सङख्या घटेर १ सय ५२ मा पुगेको हो । त्यस्तै चालु आर्थिक वर्षको चार महिनामा दुर्घटनामा परी ५० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्