बालिका हत्या प्रकरण : बर्दिबासमा गोली चल्यो, १ घाइते



महोत्तरी मंसिर ९ ।

महोत्तरीको बर्दिवासमा बालिका बलात्कारपछि हत्या गरिएको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको छ।

बालिकाको शव राजमार्गमा नै राखेर स्थानीय प्रदर्शनमा उत्रिएका छन्। स्थिति तनावपू्र्ण बनेपछि प्रहरीले गोली चलाएको छ। गोली लागेर स्थानीय सञ्जय न्यौपाने, श्याम कार्की र अफताब आलम घाइते भएको बताइएको छ।

घाइतेमध्ये सञ्जयको थप उपचारका लागि स्थानीय अस्पतालले काठमाडौं रिफर गरेको छ। बर्दिवास–१४ का सहिद अन्सारीकी ६ वर्षीया छोरी गुलबसा खातुनको सोमबार राति बोरामा राखेर फालिएको अवस्थामा आज बिहान शव भेटिएको थियो।

ती बालिका आइतबार साँझदेखि बेपत्ता भएकी थिइन्। प्रहरीले बालिकाको हत्या गरेको आशंकामा गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्