शेयर बजार झण्डै ३० अङ्कले बढ्यो, पाँच अर्ब ४४ करोड बढिको कारोबार



काठमाडौं मंसिर ९ ।

शेयर बजार परिसूचक नेप्से मङ्गलबार झण्डै ३० अङ्कले बढेको छ ।

होटलबाहेक अरु सबै समूहको शेयर बढेको दिन नेप्से २९ दशमलव ६८ अङ्कले बढेर १८ सय १० दशमलव ११ विन्दुमा पुगेको छ ।

मङ्गलबार निर्जीवन बीमा समूहको शेयर ३ सय २७ अङ्कले, जीवन बीमा समूहको २ सय ४८ अङ्कले, उत्पादन समूहको २ सय २७ अङ्कले र व्यापार समूहको शेयर १ सय ७२ अङ्कले बढेको छ ।

मङ्गलबार एक सय ९६ कम्पनीका एक करोड १७ लाख ४८ हजार कित्ता शेयर पाँच अर्ब ४४ करोड २९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३७ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

मङ्गलबार बोटलर्स नेपाल, हिमालयन डिस्टिलरी, विशाल बजार कम्पनी, आँखुखोला जलविद्युत् लगायत आठ कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

समग्र शेयर बढे पनि सप्तकोशी विकास बैंक र सोल्टी होटलका शेयरधनीले सबैभन्दा धेरै तीन प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्