थप १९ सय ७० जनामा कोरोना संक्रमण पुष्टी, २७ सय ९१ जना डिस्चार्ज



काठमाडौं मंसिर ९ ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ।

यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख २४ हजार ७८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा १७ हजार ८ सय ५९ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन् भने ६ सय २७ जना क्वारेन्टिनमा बसिरहेका छन्।

यस्तै थप २ हजार ७ सय ९१ जना कोरोना संक्रमति निको भएका छन् । यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ लाख ४८ हजार ५८ पुगेको मन्त्रालयको दाबी छ।

यस्तै मंगलवार १० हजार ८ सय ४३ वटा नमूना पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म मुलुकमा १६ लाख ८१ हजार २ सय ९९ वटा नमूना पीसीआर परीक्षण भएको मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको छ।

प्रतिक्रिया दिनुहोस्