काठमाडौं उपत्यकामा ९ सय ४७ कोरोना संक्रमित थपिए



काठमाडौं मंसिर ९ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ४७ जना संक्रमित फेला परेका छन् ।

जस्मा ४ सय १० महिला र पुरुष ५ सय ३७ रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ४७ संक्रमित थपिएका हुन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ६ हजार ३ सय ६३ पुगेको छ । योसंगै काठमाडौंमा ८४ हजार ५ सय १७ जना, ललितपुरमा १२ हजार ५ सय ७७, भक्तपुरमा ७ हजार ५ सय ८८ जना संक्रमित पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्