कोरोना विरुद्धको भ्याक्सिन बजारमा आउनेबित्तिकै नेपालीले पनि प्रयोग गर्न पाउछन् : स्वास्थ्यमन्त्री ढकाल



काठमाडौं मंसिर ९ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको भ्याक्सिन प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपालीले पनि प्रयोग गर्न पाउने दाबी गरेका छन् ।

विश्व प्रति जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा मन्त्री ढकालले खोप प्रमाणित भएलगत्तै ल्याउन सरकारले तयारी गरिरहेको जानकारी दिए । अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुनेबित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको मन्त्री ढकालले बताए ।

भ्याक्सिनको सहज उपलब्धताका लागि कानुन संशोधन गरेर सरकार अगाडि बढेको बताउँदै मन्त्री ढकालले भ्याक्सिन सहज रुपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेशमार्फत कानुन संशोधन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्