स्वतन्त्र न्यायपालिकाको गरिमामाथि प्रतिबद्ध छौं : प्रचण्ड



काठमाडौं मंसिर ९ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वतन्त्र न्यायपालिकाको गरिमामाथि आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

अध्यक्ष दाहालको सचिवालयले मङ्गलबार एक प्रेस नोट प्रकाशित गरी गएको कात्तिक २८ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा प्रस्तुत गरिएको विषय स्वतन्त्र न्यायपालिकाको गरिमासँग सम्बन्धित नभएको उल्लेख गरेको छ ।

अध्यक्ष दाहालले सचिवालयका अन्य सदस्यसहितको सहमतिमा राजनीतिक प्रस्ताव प्रस्तुत गरिएको थियो । नेकपाको सचिवालय बैठक यही कात्तिक १३ गते बस्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्