अर्थमन्त्री पौडेललाई गृह जिल्लामा कालो झण्डा



रुपन्देही, मंसिर १० । अर्थमन्त्री बिष्णु पौडेललाई गृह जिल्लामा काङ्ग्रेस कार्यकर्ताहरुले कालो झण्डा देखाएका छ्न। मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही पुगेका अर्थमन्त्री पौडेललाई काँग्रेस कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन ।

नेकपाका महासचिव समेत रहेका अर्थमन्त्री पौडेललाई काँग्रेसको भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ रुपन्देहीले बुटवलमा कालोझण्डा देखाएका हुन् ।

प्रदेश राजधानी साटेको भन्दै कांग्रेस कार्यकर्ताले बिरोध स्वरुप कालो झण्डा देखाएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्