बर्दिबासमा निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शन



महोत्तरी मंसिर १० ।

महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनको निषेधाज्ञालाई अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा बुधवार बिहान ९ बजे देखि बिहिवार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश समेत जारी गरेको छ । तर बालिका गुलाब साह खातुनको बलात्कार पश्चात हत्या र त्यस विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जय न्यौपाने विरुद्ध स्थानीयले प्रदर्शन गरिरहेका हुन् ।

प्रदर्शनकारीले मृतक सञ्जय न्यौपानेलाई सहिद घोषणा, मृतक परिवारलाई क्षतिपुर्ति, गोली चलाउने आदेश दिने अधिकारीलाई निलम्बन लगायतको माग राखेका छन् । उनीहरुले दिउँसो बर्दिबास बजारमा प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्दै बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीको पुत्ला समेत जलाएका छन् ।

प्रदर्शनकारीहरुले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् भने बजार व्यवसाय पूर्ण रुपमा ठप्प रहेको छ ।

प्रतिक्रिया दिनुहोस्