विद्युत् प्राधिकरणका ३ सयभन्दा धेरै कर्मचारीको सरुवा



काठमाडौं मंसिर १० ।

नेपाल विद्युत प्राधिकरणले लामो समयपछि एकैपटक ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ ।

प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि उनले गरेको यो पहिलो सरुवा हो । यस अघि निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले एकै पटक २ हजार बढी कर्मचारीको सरुवा गरेका थिए। त्यसपछि गरिएको यो नै ठूलो संख्याको सरुवा हो।

प्राधिकरणले तह ४ देखि ९ सम्मका लेखा समूहका १५४ जना र प्रशासन समूहका १५० जना गरि ३०४ जना कर्मचारीको सरुवा गरेको छ। यति ठूलो संख्यामा कर्मचारी सरुवा बढुवा गरे पनि यो नियमित सरुवा–बढुवा मात्रै भएको प्राधिकरणले जनाएको छ।

कर्मचारी विनियमावली अनुसार गत महिनामा नै सरुवा हुनुपर्ने लेखा र प्रशासन प्रमुखहरुको सरुवा कार्यकारी निर्देशकको बदली भएसँगै एक महिना ढिलो गरि गरिएको कर्मचारी प्रशासन महाशाखा प्रमुख चुडामणि आचार्यले बताए।

प्रतिक्रिया दिनुहोस्