थप १९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टी, ३१ सय ४० जना डिस्चार्ज



काठमाडौं मंसिर १० ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।

आज देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्