काठमाडौं उपत्यकामा ८ सय ३५ जना कोरोना संक्रमित थपिए



काठमाडौं मंसिर १० ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५० पुरुष र ४८५ महिला गरी ८३५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा एक लाख ५ हजार ५१७ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३५ , ललितपुरमा ११३ र भक्तपुरमा ८७ जनालाई कोरोना संक्रमण देखिएको छ।

त्यसैगरी, आज काठमाडौंमा ४, ललितपुर र भक्तपुरमा दुई÷दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म काठमडौंमा मात्र ८५ हजार १५२ जना संक्रमित भएका छन्, जसमध्ये ३३५ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७७ हजार १५७ छ।

ललितपुरमा १२ हजार ६९० जना संक्रमित भएका छन्। जसमा ९३ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ९८ जना निको भएका छन्। भक्तपुरमा ७ हजार ६७४ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ६ जना निको भइसकेका छन्।

आज काठमाडौमा ७ हजार ६६०, ललितपुरम १ हजार ४९९ र भक्तपुरमा ५८० जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्