नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्ललाई कोरोना संक्रमण



काठमाडौं मंसिर १० ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना भाईरसको संक्रमण भएको छ ।

कप्तान ज्ञानेन्द्र बुधबार आफुलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । सामाजिक संजाल फेसबुकबाट ज्ञानेन्द्रले आफुलाई कोरोना भएको जनाएका हुन् ।

कोरोना देखिएपनि आफुलाई कुनै लक्षण नदेखिएको उनले बताएका छन् । राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण अघि गरिएको कोरोना परिक्षणमा ज्ञानेन्द्रलाई कोरोना पोजेटिभ देखिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले बिहीबारबाट बन्द प्रशिक्षण सुरु गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्