मन्त्रिपरिषदको बैठकद्वारा तीन सचिवको बढुवा



काठमाडौं,मंसिर ११। मन्त्रिपरिषदको बैठकद्वारा तीन सचिवको बढुवा गरिएको छ । बुधबार साँझको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यसअघि बढुवाका लागि सिफारिश भएको सचिवहरुको बुढवाको निर्णय गरेको हो ।

बढुवा भएका सचिवहरुमध्ये प्रशासनतर्फ गोकर्णमणि दुवाडी,इन्जिनियरिङतर्फ सुरेश आचार्य र कृषितर्फ योगेन्द्र कार्की रहेका छन् ।

यता निजामती कर्मचारीको आधिकारिक ट्रेड युनीयनको निर्वाचन तेस्रो पटक स्थगित भएको छ । यसअघि मंसिर २७ गते निर्वाचन तोकिएको थियो।कोरोनाको कारण देखाउँदै चुनाव पटक पटक स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्