मुर्ति चोरीको आरोपमा दीपक मनाङेकी श्रीमती पक्राउ



हेटौडा, मंसिर ११ । प्रदेश सांसद दीपक मनाङेकी श्रीमती दिछेन डोल्मालाई बहुमूल्य मूर्ति चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले उनलाई  पदमपोखरीबाट पक्राउ गरेको हो ।

दिछेनविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउपुर्जी जारी गरेपछि मकवानपुर प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

पोखरामा एक जनाको घरमा राखेको मूर्ति चोरेको आरोप डोल्मामाथि लागेको छ । उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठको भनाई रहेको छ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्