कोरोनाबाट योजना आयोगका पूर्वउपाध्यक्षसहित थप ३ जनाको मृत्यु



काठमाडौं मंसिर ११ । कोरोना भाइरस स‌ंक्रमणबाटराष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यसहित थप ३ जनाको मृत्यु भएको छ ।

शाक्यको नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान ४ बजे निधन भएको हो । उनी २०७० मा योजना आयोगको उपाध्यक्ष थिए । उनी दि शाक्य फाउन्डेसन नेपालका संस्थापकसमेत हुन् ।

यस्तै कास्कीको पोखरामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनका अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–१३ का ६६ वर्षीया महिलाको बुधबार राति ९:३० बजे मृत्यु भएको हो । उनीमा मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै लमजुङको मध्यनेपाल नगरपालिका–७ का ८७ वर्षीया कोरोना संक्रमित महिलाको बुधबार राति मृत्यु भएको हो । उनीमा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको डा शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्